ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले आज संवैधानिक परिषदको बैठक बोलाए

नेपालगाथा २०७७ माघ २० गते मंगलबार १०:१६:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन्। गत मंसिर ३० मा बसेको परिषदको बैठकले अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो।  सो निर्णय पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि संसद सचिवालय पठाइएको थियो।

सो सिफारिसलाई सभामुख अग्निप्रसाद  सापकोटाले फिर्ता गरेपछि परिषदको सिफारिसमा नयाँ विवाद शुरु भएको छ। सभामुखले परिषदको सिफारिस फिर्ता गरेको विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज परिषद्को बैठक बोलाइएकाे भए पनि समय भने एकिन नभएको जानकारी दिए। 

यस अघिको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेका थिए। बहिस्कारका बाबजुद प्रधानमन्त्री ओलीले बहुमतका आधारमा विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेका थिए। सरकारले गत मंसिर ३० गते संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो। नयाँ अध्यादेशमा  सभामुखको उपस्थिति नचाहिने भएको छ।

  मंसिर ३० गते भन्दा अगाडी सभामुख अग्नीप्रसाद सापकोटाले दुईवटा बैठक बहिष्कार गरेपछि मन्त्रिपरिषद्ले सभामुखको उपस्थितिबिना संवैधानिक परिषद् बैठक बस्‍न सक्ने गरी अध्यादेश ल्याएको हो। संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। त्यसैगरी प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top