ट्रेण्डिङ

होमपेज / राजनीति

पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको छ:अध्यक्ष नेपाल

नेपालगाथा २०७७ माघ २० गते मंगलबार ०९:५८:२१ मा प्रकाशित

काठमाडौँ ।  पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको भनेर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । 

सोमबार नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकमा अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भइरहेको बताएका हुन् । 

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवाल उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको नेपालले बताए । केन्द्रीय कमिटीमा एक चौथाइ सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताए । 

‘निर्वाचन आयोगले पार्टीको आधिकरिकताका सवाल उठाउन खोजेको देखिन्छ । प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ केपी ओली जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन् ।  त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ रु दावा गर्न मिल्छ रु,’ उनले भने, ‘हरेक षड्यन्त्र भइरहेका छन् कि पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिन्ह कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूलो षड्यन्त्र भइरहेको छ ।’

अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा को आधिकारिक नेतृत्व आफूहरुले नै रहेको दाबी गरे । दुई तिहाइ बहुमत केन्द्रीय कमिटी सदस्यको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने नेपालको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top