ट्रेण्डिङ

होमपेज / राजनीति

बृहत् नागरिक आन्दोलनले आज पनि  प्रतिनिधिसभा विघटनको विरोधमा  प्रदर्शन गर्ने

नेपालगाथा २०७७ माघ २० गते मंगलबार ०८:१३:५२ मा प्रकाशित

काठमाडौँ ।  आन्दोलित बनेको बृहत् नागरिक आन्दोलनले आज पनि  प्रतिनिधिसभा विघटनको विरोधमा  प्रदर्शन गर्ने भएको छ ।

दिउँसो २ बजे शोभा भगवतीमा विरोधका कार्यक्रम राखिएको बृहत् नागरिक आन्दोलनले जानकारी दिएको छ । सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले साहदत प्राप्त गरेको स्थानमा प्रतिगमनविरुद्ध प्रतिरोध आयोजना गरिएको जानकारी दिँदै त्यसमा सहभागी हुन आह्वान पनि गरिएको छ ।

आज हुने कार्यक्रममा थारु, डोटेली तथा नेपाल भाषाका कविता वाचन हुनेछन् । त्यस्तै याक्थुङ लिम्बू गीत पनि प्रस्तुत गरिने छ भने शिल्पी थिएटरले नाटक प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top