ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनको पक्षमा सर्वोच्चमा बहस शुरु

नेपालगाथा २०७७ माघ १९ गते सोमबार १२:४३:५७ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि आज (सोमबार) देखि सरकारी पक्षको बहस शुरु भएको छ । सोमबारदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस शुरु भएको हो । अहिले प्रधानमन्त्रीको कदमको रक्षार्थ महान्यायाधिवक्ता अग्नी खरेल बहसमा सहभागी भएका छन् । बहसमा सहभागी हुँदै उनले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको बताए ।

उनले केही रिट निवेदकले विपक्षी बनाउनु नपर्नेलाई पनि बनाएको र केही बनाउनु पर्नेलाई पनि नबनाएको बताए । त्यस्तै महान्यायाधिवक्ता खरेलले रिट निवेदकहरूले लगाएको जति समय आफूहरूलाई पनि चाहिने इजलास समक्ष माग गरेका छन् । आइतबार विघटनको निर्णय गलत भएकाले त्यसको बदर हुनुपर्ने मागदाबी राखी दर्ता गरेका निवेदक र उनीहरूको पक्षमा वकालत गर्नेहरूको बहस सकिएको थियो । १३ दिनको निरन्तर बहसका क्रममा उनीहरूले प्रतिनिधिसभा प्रधानमन्त्रीको विशेषाधिकार नभएको भन्दै अहिलेको संविधानमा त्यो व्यवस्था नरहेको बताएका थिए ।

विघटनको निर्णय समेत प्रधानमन्त्रीलाई नभएको उनीहरूले दाबी गरेका थिए । सरकारतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि सभामुखका तर्फबाट छुट्टै कानुनी प्रतिरक्षा हुनेछ । अनि रिट निवेदकहरूले आफ्नो जवाफ दिने पालो पाउने छन् । त्यसपछि अदालतका सहयोगी भनिने एमिकस क्युरीको पालो आउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top