होमपेज / राजनीति
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको आज केन्द्रीय समिति बैठक बस्दै छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आजका लागि केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाएको हो।
उक्त बैठक बस्नुअघि अहिले उक्त समूहमा रहेका सचिवालय सदस्यहरूको बैठक बसिरहेको छ। आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटीको बैठक ११ बजे बस्ने भनिएको थियो तर बैठक दुई घन्टालाई सरेको छ। माघ ११ गते बसेको प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।