होमपेज / राजनीति
काठमाडाैँ। आज नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा पार्टीका संघीय र प्रदेश सांसदहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।
विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए। दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।