होमपेज / राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालीको नेतृ अञ्जना अधिकारीले नेकपाकै नेतृ रामकुमारी झाँक्रीलाई कडा चुनौति दिनुभएको छ । नेतृ अधिकारीले आगामी निर्वाचन कुन ठाउँबाट उठ्ने हो त्यो ठाउँ तय गर्न नेतृ झाँक्रीलाई आग्रह गर्दै उक्त निर्वाचन क्षेत्रमा आएर झाँक्रीविरुद्ध उठेर विशाल जनमतका साथ सानदार विजय हासिल गर्ने चुनौति दिनुभयो । जुन ठाउँमा झाँक्री उठ्ने हो त्यही ठाउँबाट टिकट लिएर झाँक्रीलाई निर्वाचनमा घुलो चटाउने समेत नेतृ अधिकारीले चुनौति दिनुभयो ।
नेतृ झाँक्रीले गोरखामा आयोजित पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालको सानो गुटको एक कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीलाई निर्वाचनमा आउन चेतावनी दिनुभएको थियो । झाँक्रीले दिएको उक्त चेतावनीमा सामान्य कार्यकर्ताले राष्ट्रपति भण्डारीलाई निर्वाचनमा हराउने बताउनुभएको थियो । त्यस्तै झाँक्रीले राष्ट्रपति भण्डारीलाई महिलाहरुको नै इज्जत जाने गरी ‘महारानी’ जस्ता शब्दहरु प्रयोग गर्नुभएको थियो । उक्त कुरालाई काउण्टर गर्दै नेतृ अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलन तथा इतिहासमा नेतृ झाँक्रीले कुन निर्वाचनमा विजय हासिल गर्नुभएको छ ? भनि प्रश्न समेत गर्नुभयो ।
कसैको टिका लगाएका भरमा जीवनको पहिलो पटक समानुपातीकमा सांसद बन्नुभएको नेतृ झाँक्रीले नेपाली महिला तथा नेपालकै इतिहासमा गरर्विलो तथा दरविलो वेटको रुपमा स्थापीत हुनभएका राष्ट्रपति भण्डारीमाथि लगाउनुभएको आरोप, दम्भ तथा शब्द नेतृ झाँक्रीलाई नेपाली कम्युनिष्टको एक सामान्य कार्यकर्ताको हैसित समेत नदेखाएको आक्रोस जनाउनुभयो । राष्ट्रपति भण्डारीले विगतका निर्वाचनमा कांग्रेसका प्रभावशाली नेतालाई समेत पराजित गरि सानदारका साथ निर्वाचित हुनुभएको तथ्य स्मरण गराउँदै निवर्तमान टिके सांसदले आफ्नो हैसियत विर्शिएर अभिव्यक्ति दिएको भन्दै आक्रोस जनाउनुभयो ।
गतिछाडा राजनीति नगर्न नेतृ झाँक्रीलाई आग्रह गर्दै साविक युवा संघ नेपालको सचिव समेत रहनुभएकी नेतृ अधिकारीले झाँक्रीको तुच्छताको राको झार्न महिलाहरु तयार रहेको समेत चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कमरेड रामकुमारी मर्यादा भित्र रहेर बोल्नुहोस् । यो भन्दा बढि छि, छि र दुरगङ्गित नहुनुहोस् । तपाईको नारित्वले तपाईलाई नै घृणा गर्ने अबस्थामा नपुग्नुहोस् । राजनिती गर्नुहोस् तर सिमा भित्र रहेर । नत्र तपाईंलाई राजनीति सिकाउन सक्ने । तपाईको दम्भ र घमण्डलाई पानीको फोका बनाउन सक्ने हैसियत राख्ने तपाई भन्दा लाखौं गुणा बढि स्वच्छ छवि भएका महिला धेरै छन्, यो देशमा । तपाई जस्ललाई मुख छाडेर आफ्नो घिनलाग्दो हैसियत देखाउँदै हुनुहुन्छ । हेक्का राख्नुहोस्, उहाँ जतिखेर तपाई हत्केलाले नाकको सिगान लतारेर निदारमा पुर्याउने उमेरको हुनुहुन्थ्यो । त्यो समयदेखिको नेपाली महिला मुक्ति आन्दोलनको अभिभावक हो । यो सारा नेपाली जनतालाई राम्रोसँग थाहा । त्यसकारण तपाईलाई तपाई कै शैलिमा म खबरदार गर्न चाहन्छु । समयमा नै समालिनुस्, हैन भने झाँक्री कमरेड, तपाईको तुच्छताको राँको झार्ने महिला यहि छौं । तपाईलाई सिङ्गो नेपाली महिलाहरूको शिर झुक्ने भाषण गर्दै हिड्न लाज लाग्दैन ? रहयो चुनाव लड्ने र हराउने कुरा तपाई खबर पठाउनुहोस्, कुन जिल्ला कुन क्षेत्र हो ? तपाई लाई धुलो चटाउन हामी तयार छौं । तपाई जस्तो गतिछाडा हैन ईज्जत् तिलो राजनीतिक शैलिमा नै तपाईलाई राजनीति सिकाउँछौं ।’ एभरेष्टटमिसनबाट ।