होमपेज / राजनीति
काठमाडाैँ। संसद विघटन नभएको भनेर नेकपाका अध्यक्ष पुष्पकमल दाहलले बताएका छन। आज धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै संसद विघटन नभएको बताएका हुन।
ओलिले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै धेरै दाग लाग्ने गरी कलंकको टीका लगाएको भनेर दाहलले आलोचना गरेका छन। ‘संसद होइन, केपी ओलीको सरकार विघटन भयो भन्ने मेरो भनाइ छ।’ धनगढीमा आयोजित सभामा बोल्दै दहालले भने।
उनले भने, ‘उहाँले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेर इतिहासमै कलंकको टीका लगाउनुभयो। आफैँलाई खलनायकको रुपमा स्थापित गर्नुभयो। सर्वोच्चले प्रतिनिधि सभा विघटनको मुद्दामा न्याय गर्ने बताउँदै उनले भने,‘सर्वोच्चले न्याय गर्छ हामी सही फैसला हुने विश्वासमा छौ'। शनिबार धनगढीमा दाहालले प्रचण्ड-नेपाल पक्षको विरोधसभाका क्रममा सुदूरपश्चिमका ९५ प्रतिशत नेताहरू आफ्नो पक्षबाट डगनबगाउने दाबी समेत गरे।