होमपेज / राजनीति
काठमाडाैँ। नेकपाको प्रचण्ड–माधव समूहले आज कैलालीको धनगढीमा वृहत् शक्ति प्रदर्शन गर्दैछ । प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १ बजे हजारौँ कार्यकर्ताको र्याली खुलामञ्चमा सभामा परिणत हुने सो समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले जानकारी दिए । व्यापक जनसहभागितासहित प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका दुई अध्यक्षले सम्बोधन गर्ने तय भएको छ।’
यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले गरेको विशाल प्रदर्शनलाई धक्का दिने गरी कार्यकर्ता उतार्न रावलसहितका नेताहरू केही दिनदेखि जनसभाको तयारीमा कैलालीमा छन् । सभाअघि दिउँसो १ बजे चौराहा र क्याम्पस रोड दुवै तर्फबाट ‘विशाल र्याली’ निकालिने रावलले जानकारी दिएका छन् ।पुस ५ मा प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल- नेपाल समूहमा विभाजित नेकपामा समानन्तर बैठक र शक्ति प्रदर्शन गर्दै एकअर्काको चर्को आलोचना गरिरहेका छन् ।यतिबेला ओली समूह र प्रचण्ड–माधव समूह एक आपसमा लडाइँ गरिरहेका छन।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ जनाएका छन।