होमपेज / राजनीति
काठमाडाैँ। न्याय माग्दा अदालतको अपहेलना हुने भए आफूहरूलाई मुद्दा लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाशीशहरूले अदालतको ‘अ’ पनि उच्चारण नगरे पनि एक साताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै थापाले न्याय माग्दा अदालतको अपहेलना नहुने तर्क गरेका छन्।आज कांग्रेसले शान्तिबाटिका काठमाडौंमा प्रतिनिधि सभा विघटनविरूद्ध गरेको विरोध सभामा थापाले संविधानमाथि घात भएकोले यो कदम सच्याउन सबै एकजुट हुनुपर्ने बताए।न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान्,’ उनलेभने।प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको थापाको भनाइ छ।
‘तपाईंको नाम अधिकार खोस्ने शासकका पङ्तिमा लेखिनेछ,’ उनले भने, ‘जनताका अधिकारका लागि लड्नेहरूको पानामा तपाईंको नाम भेटिँदैन।’चुनाव भएमा कांग्रेसले जित्ने पनि उनको भनाइ छ।