होमपेज / राजनीति
काठमाडाैँ। पछिल्लाे समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको भनेर नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन ।
प्रधानमन्त्री ओलीले नेपाल ट्रेड युनिययन महासङ्घ जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताएका हुन ।
उनले भने, ‘ ‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन’,आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।’उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए ।