ट्रेण्डिङ

होमपेज / राजनीति

माइतीघरमा प्रचण्ड–माधव समूहको धर्ना

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार १४:५६:४७ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । उक्त समूहले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ ।

धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने प्रचण्ड–माधव समूहले जनाएको छ । संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको प्रचण्ड–माधव समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top