होमपेज / राजनीति
काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनवाई आज पनि हँदैछ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको हिजोको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको थियो ।
हिजोको सुनुवाइमा प्रा डा युवराज संग्रैला लगायतले बहस गरेका थिए । कानुन व्यवसायी शेरबहादुर केसी र कृष्णभक्त पोखरेलले संसद् विघटनको निर्णय कुनै अर्थमा पनि संवैधानिक नरहेको तर्क गरे । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा बहस गर्दै संग्रौलाले संविधान निर्माणको मनसाय हेर्नुपर्ने बताउँदै राज्यको शासकीय स्वरूप निर्धारण समिति बैठकको निर्णय र त्यसमा सहभागीहरूको नाम संवैधानिक इजलासमा पढेर सुनाएका थिए ।