ट्रेण्डिङ

होमपेज / राजनीति

पहुँचयुक्त निर्वाचनमा युवा

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार १६:०२:०१ मा प्रकाशित

लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अद्यावधिक निर्वाचन नै हो। निश्चित समय अवधिमा हुने निर्वाचन र यसबाट आउने परिणामले लोकतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ। अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले भनेजस्तै जनताद्वारा जनताका लागि जनतामार्फत गरिने शासनलाई लोकतन्त्र भनिन्छ। र, संसारभर लोकतन्त्रको विकल्प अझ समुन्नत र परिस्कृत लोकतन्त्र नै हो। यसको अर्को विकल्प हुन्न। यसको मुख्य आधार भनेको उही अद्यावधिक निर्वाचन नै हो।

सरकारले प्रतिनिधिसभालाई पुस ५ गते भंग गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ। अगामी वैशाख १७ र २७ गतेका लागि दुई चरणको निर्वाचन घोषणा भइसकेको छ। निर्वाचन आयोगले यस विषयमा विभिन्न आवश्यक नीति र कार्यविधि बनाइरहेको छ। साथमा निर्वाचन सुरक्षालाई लिएर पनि काम भइरहेको छ।

सरकारद्वारा भइसकेको निर्वाचनको मिति घोषणा, यसलाई लिएर भइरहेको निर्वाचन आयोगको तयारी र सुरक्षा निकायहरूबाट भइरहेको गृहकार्यले निर्वाचनलाई अघि बढाउन पक्कै मद्दत पुग्ने छ। तर यी विषयसँगै हुन गइरहेको निर्वाचनमा राज्यले भुल्न नहुने अर्को महत्त्वपूर्ण पक्ष हो, समावेशी र पहुँचयुक्त निर्वाचनका लागि युवाको भूमिका। अब हुने निर्वाचनमा युवाहरूको सहभागिता मात्र महत्त्वपूर्ण छैन; जनप्रतिनिधि चुन्नसमेत युवाको मुख्य भूमिका हुन्छ।

सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कूल जनसंख्याको ४० प्रतिशत युवा रहेका छन्। साथै नेपालको १,५४,२७,९३८ कूल मतदातामध्ये १८–४० वर्षका ८०,७१,३६९ युवा मतदाता (५२ प्रतिशत) रहेका छन्। ५२ प्रतिशत मतदाताले लोकतन्त्रिक रूपमा हुने निर्वाचनमा कति महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा व्याख्या गर्नुपर्ने आवश्यक देखिन्न।

कुन दल वा व्यक्तिले कुन क्षेत्रबाट सफलता हासिल गर्न सक्छ भन्ने कुरा त्यो दल वा क्षेत्रका जनप्रतिनिधिको युवाहरूसँग कस्तो सम्बन्ध छ भन्नेमा भर पर्छ। जसले युवा मन जित्यो, यसैले नेपालको लोकतान्त्रिक अभ्यासमा बाजी मार्‍यो। तर विडम्बना, हामीकहाँ राजनीतिक प्रक्रियाहरूमा युवाको सहभागिता थोरै रहेको छ। युवाहरूलाई भोटका माध्यमबाट सत्तामा पुग्ने भर्‍याङ बनाउने काम मात्र भएको छ।

यसपटक निर्वाचन हुन गइरहेको परिवेशमा युवाहरूलाई समावेशी र पहुँचयुक्त मतदाताका रूपमा तयार गर्न केही महत्त्वपूर्ण विषयमा ध्यान दिन आवश्यक देखिन्छ। सबैभन्दा पहिला निर्वाचनसम्बन्धि सचेतना अभिवृद्धि सामग्रीको निर्माण तथा मतदाता शिक्षा कार्यक्रम सम्पूर्ण मतदाता विशेषगरी युवा र पहिलोपटक मतदानमा भाग लिने मतदातासम्म पुर्‍याउनुपर्छ।

कोभिड– १९ को भ्याक्सिन नेपालमा आए पनि तत्कालै सम्पूर्ण नेपालीलाई उपलब्ध हुने सम्भावना देखिन्न। त्यसैले कोभिड– १९ सचेतनाका लागि मतदाता शिक्षा तथा नागरिक शिक्षाका कार्यक्रम युवा, युवा संस्था र युवा सञ्जालको सहकार्यमा सञ्चालन गर्ने र यस्ता कार्यक्रम सीमान्तकृत समूह तथा समुदायसम्म पुगेको सुनिश्चितता गर्न आवश्यक देखिन्छ।

युवा तथा पहिलोपटक मतदानमा भाग लिने मतदातालाई लक्षित गरी बनाइएका नागरिक तथा मतदाता शिक्षा सामग्रीमा जनस्वास्थ्यसम्बन्धी सन्देश पनि मूल प्रभावीकरण गर्नुपर्ने हुन्छ। दोस्रो महत्त्वपूर्ण पक्ष भनेको कानुनी तथा चुनावी ढाँचा हो। निर्वाचन आयोगमा नयाँ बन्दै गरेका वा भविष्यमा बनाइने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, आचारसंहिता, रणनीति तथा कार्यक्रम युवामैत्री बनाउनुपर्छ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई दलको हरेक तहको समितिमा ३० प्रतिशत अर्थपूर्ण युवा प्रतिनिधित्व रहने व्यवस्था गर्नु उपयुक्त हुन्छ। सो प्रतिनिधित्व समानुपातिक समावेशी सिद्धान्तका आधारमा गराई अपांगता भएका युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, महिला, दलित तथा अन्य सीमान्तकृत समूह आदिलाई पनि समावेश गर्नुपर्छ।

तेस्रो पक्षका रूपमा मतदाता दर्ता रहेको छ। निर्वाचनको मिति घोषणा भएको दिन १८ वर्ष उमेर पूरा गरेको मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हटाई मतदानको अघिल्लो दिन १८ वर्ष उमेर पूरा गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था गर्नुले लोकतान्त्रिक प्रक्रियामा युवाहरूको पूर्ण सहभागिता सुनिश्चित गर्छ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारको न्यूनतम उमेर १८ वर्ष, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको न्यूनतम उमेर २१ वर्ष र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको न्यूनतम उमेर २५ वर्ष हुने गरी सम्बन्धित ऐन संशोधन गर्नु ठीक हुन्छ। सबै प्रकारका मतदाता विशेषगरी युवा वर्ग निर्वाचन मिति घोषणा भएपछि मात्रै निर्वाचनका विषयमा चासो दिने र पढाइ वा रोजगारको सिलसिलामा अस्थायी जिल्लामा बसोवास गर्ने गरेकाले निर्वाचनको मिति घोषणा भएको दिनबाट केही हप्तासम्म मतदाता दर्ता सञ्चालन गरिनुपर्ने र बाह्य जिल्ला मतदाता दर्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नु उचित हुन्छ।

प्रत्येक निर्वाचनमा मतदाताको तथ्यांक जस्तै: कूल मतदाता दर्ता संख्या, निर्वाचनमा भाग लिने मतदाताको संख्या, उमेर, समूह, लिंग, अपांगता आदिको तथ्यांक मतदाताको पहुँचका लागि नियमित रूपमा अद्यावधिक गरी वेबसाइटमा राख्नुपर्छ। चौथो पक्ष भनेको प्रभावकारी मतदाता वा नागरिक शिक्षा कार्यक्रम निर्माणका लागि युवालगायत युवालक्षित नागरिक संस्थासँग परामर्श गर्ने तथा मतदाता शिक्षासम्बन्धी जनचेतनामूलक सामाग्री समावेशी र पहुँचयुक्त बनाउनुपर्छ।

निर्वाचनमा खटिने कर्मचारीका रूपमा सरकारी कर्मचारी मात्रै नभएर युवाहरूलाई पनि सहभागी गर्ने तथा मतदान कार्य सकिएपछि मतदान केन्द्रमै मत गणना गर्ने र युवा संस्थाहरूलाई मत गणनास्थलमा परिवेक्षण गर्न प्राथमिकता दिनु उपयुक्त हुन्छ। आयोगले सञ्चालन गर्ने प्रत्येक तालिममा युवा तथा पहिलोपटक मतदानमा भाग लिने मतदातालाई कोभिड– १९ का कारण अद्यावधिक गरिएको मतदान प्रक्रिया र पालना गर्नुपर्ने मापदण्डका बारेमा सुसूचित गर्नुपर्ने देखिन्छ।

युवालाई नियमित रूपमा निर्वाचन कानुन, कानुनी व्यवस्था, नियमावली, कार्यविधि आदिका बारेमा तालिम प्रदान गरी यस्ता कानुन संशोधन अथवा नयाँ कानुन निर्माण गर्ने बेलामा परामर्श गर्नुपर्छ। युवालाई निर्वाचन विवाद निरूपण, राजनीतिक वित्त, राजनीतिक दल र उम्मेदवारका प्रचारप्रसार खर्च अनुगमन, आचारसंहिता आदि विषयमा विशेष तालिम प्रदान गरि परिचालन गरिनुपर्छ।

माथिका यी महत्त्वपूर्ण पक्ष समेट्दै युवालाई निर्वाचनको अघिपछि र निर्वाचनका बेलामा हुने सम्पूर्ण प्रक्रियामा समेट्न सक्यो भने समावेशी र पहुँचयुक्त निर्वाचनका लागि युवाको भूमिका रहन्छ। यसले लोकतन्त्रलाई थप बलियो बनाउने काम गर्छ। किनकि युवालाई लोकतन्त्रको एक महत्त्वपूर्ण र बलियो पहरेदार मानिन्छ र हुन्। अन्नपूर्णपाेष्टबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top