ट्रेण्डिङ

होमपेज / राजनीति

दाहाल-नेपाल समूहकाे आजदेखि तेस्रो चरणको आन्दोलन सुरू,आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने?

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार ०९:२९:५५ मा प्रकाशित

काठमाडौँ।  नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ । दाहाल-नेपाल समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलन थाल्न लागेको हो ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध दाहाल-नेपाल समूहले निरन्तर आन्दोलन गर्दै आएको छ। दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दबाब दिन लागिएको समाचार प्राप्त भएको छ। 

दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।

प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् । पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै आगामी वैशाखमा दुई चरणमा चुनाव गरिने घोषणा गरेकी थिइन्। सरकारको कदमलाई चुनौती दिदैँ दायर भएका १३ वटा रिट निवेदनमा अदालतमा सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top