ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाले माघ २३ गते काठमाडाैँमा दुई लाख नागरिक सडकमा उतार्ने

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १५:२५:४७ मा प्रकाशित

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते काठमाडौंमा हुने जनसभाको तयारी तिव्र बनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको हो ।

बागमति प्रदेश संगठन कमिटीको आयोजनामा हुने जनसभालाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बागमति प्रदेश संगठन कमिटीले पत्रकार सम्मेलन गरी दुई लाख जनता सहभागी गराउने बताएको छ ।

नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिल समेत गरेको छ । फोहोर भईहालेमा कार्यक्रमको समापनपछि स्वयमसेवकले त्यसलाई सफा गर्ने कमिटि अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top