होमपेज / राजनीति
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गत बिहिवार सयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ३७ औं बैठकको सत्रमा द्वन्द्धकालमा भएका मानवअधिकार हननका गम्भिर प्रकृतिका घटनामा सरकारले आममाफी नदिने घोषणा गरेका छन ।
उनको यो घोषणाबाट १० वर्षसम्म नेपालमा जनयुद्ध संचालन गरेर करिव १७ हजार मानिसको ज्यान लिएको आरोप लागेका तत्कालीन माओवादीको कमान्डरद्धय पुष्पकमल दाहाल प्रचण्ड र डां बाबुराम भट्टराई अत्तालिएको बताइएको छ । शुक्रवार नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चालेको प्रतिनिधिसभा बिघटनसम्वन्धी असंवैधानिक कदम बिरुद्ध पुर्नस्थापनाको माग गर्दै भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका थिए । सो सभालाई सम्वोधन सके लगत्तै प्रचण्ड उप–राष्ट्रपति नन्दबहादुर पुनको निवास पुगेका थिए ।
डां भट्टराई पनि उपराष्ट्रपति पुनको निवासमा पुगेको र दुवै नेताबीच द्वन्द्धकालीन घटनाका बारेमा परराष्ट्रमन्त्री ज्ञवालीले बोलेको बिषयमा छलफल गरेको बताइएको छ ।नेकपा माओवादी जनयुद्व छोडेर शान्ति प्रक्रियामा आएपनि द्वन्द्धकालीन घटनाका मुद्धाहरुको टुङगो आजसम्म लाग्न सकिरहेको छैन ।शुक्रबारको बिरोध र्यालीपछिको सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले राजा–महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले प्रधानमन्त्री ओलीलाई पनि त्यसैगरी बहिर्गमन गराउने बताएका थिए ।
संबिधान बनिसकेपछि मुलुक बिकासको गतिमा अगाडि बढेको भनेर सोचिएको भएपनि त्यो संभव नभएको भन्दै आत्माआलोचना गरेका थिए ।सभालाई संम्वोधन गर्ने क्रममा दाहालले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संबिधानसँगै शान्ति प्रक्रियालाई बिघटन गर्न चाहेको बताएका थिए ।
ओलीको असंवैधानिक कदम नसच्चिएसम्म शान्तिपुर्ण आन्दोल गर्ने र निरकुंशतालाई प्रोत्साहन गर्ने षडयन्त्र भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुने बताएका थिए ।त्यसलगत्तै दाहाल सोझै लैनचौरस्थित उप–राष्ट्रपति पुनको निवासमा गएको त्यहाँ बाबुराम भट्टराईसँग परामर्श र छलफल गरेकोे बताइएको छ ।