होमपेज / राजनीति
काठमाडौं । सरकारले विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार,घाइते,बेपत्ता,अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा अन्य मन्त्री रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अङ्गभङ्ग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न सुझाव दिने छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र युद्धका घाइतेहरुसँग भेट गरेर उनीहरुको मागको सुनुवाई गर्ने आश्वासन दिएका थिए । विगतमा जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सत्तामा पुगेपछि उनीहरुलाई वेवास्था गरेको भन्दै ओलीले पार्टी विभाजनको स्थितिमा उनीहरुलाई आफूप्रति आकर्षित गराउन खोजिरहेका छन् ।
प्रचण्डलाई ठेगान लगाउने सबै भन्दा गतिलो माध्यम ओलीका निम्ति अहिले पूर्वलडाकुहरु र जनयुद्धका घाइते परिवारलाई समेट्नु नै हो ।