ट्रेण्डिङ

होमपेज / राजनीति

केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको सूचनाको वैधता जानकारी गराउन माग

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १३:१९:१८ मा प्रकाशित

काठमाडौँ । नेकपा (प्रचण्ड–नेपाल खेमा) का संसदय दलका प्रमुख सचेतक देव गुरुङ्गसहितले सर्वोच्च अदालतसँग संसद विघटन तथा प्रधानमन्त्री ओलीको नियुक्तिका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी गरिएको सूचनाको वैधता तथा वास्तविकताबारे जानकारी गराउन माग गरेका छन्। संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको संवैधानिक इजलाशमा सुनुवाई जारी छ ।

त्यसक्रममा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताहरुले प्रश्न गरेका थिए । त्यसपछि पुरानो मिति नै राखेर राजपत्रमा सूचना प्रकाशित भएको थियो । देव गुरुङ्गसहितले सर्वोच्च अदालतमा दिएको निवेदनमा राजपत्रमा प्रकाशित भएको सूचनाको वैधता बारे स्पष्ट पार्न र पछिको मिति राखेर प्रकाशित गरिएको भए त्यसलाई प्रमाण मान्न मिल्ने–नमिल्ने बारे स्पष्ट पार्न माग गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीको नियुक्तिका सम्बन्धमा पनि अस्पष्टता रहेकाले स्पष्ट पार्न माग गरिएको छ । २०७४ को फागुन ३ गते राजपत्रमा प्रकाशित सूचना अनुसार प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेको उल्लेख गरिएको भए पनि उहाँको नियुक्ति धारा ७६ को उपधारा १ वा २ बमोजिम भएकोमा अन्यौल रहेकाले स्पष्ट पार्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top