होमपेज / राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आज दिउँसो १२:३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आज स्थायी कमिटीको बैठक बस्न लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपा प्रचण्ड–माधव समूहले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।