ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

नेपालगाथा २०७७ माघ ११ गते आइतबार ११:४४:५० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।  

गत सातादेखि सुनुवाई सुरू भएको मुद्दामा ३४ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन दर्ता छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top