होमपेज / राजनीति
काठमाडौं । आज पनि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले शुक्रबार बहस नसकेपछि सुनवाइ हेर्दाहेर्दैमा आइतबारको लागि तय भएको थियो।
शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गरेका थिए । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि परेका सबै १३ वटै रिटमाथि संवैधानिक इजलासमा गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।