ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डको धम्कीपूर्ण भाषणले सँसद बिउँतेला त ?

नेपालगाथा २०७७ माघ १० गते शनिबार ११:५५:२८ मा प्रकाशित

काठमाडाैँ। नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले हिजो काठमाडौँमा गरेको प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनपछि सभामा बोल्ने नेताहरुले प्रधानमन्त्री तथा अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा नै समय खर्चिएका थिए।

'अब हाम्रो आन्दोलन अलि आक्रामक हुनु पर्‍यो, भेजेटेरियन जस्तो हुनु भएन, बाघ र सिंह गर्जेजस्तो हुनुपर्‍यो। ।।।शाकाहारी आन्दोलनले अब पुग्दैन। शाकाहारी आन्दोलन त पार्टीभित्र कति गरियो, गरियो। त्यसले पुग्दैन'।  काठमाडौँ उपत्यकास्तरीय विद्यार्थी भेलालाई सम्बोधन गर्दै पुष्पकमल दाहालले भने।'म त फेरि युद्धमा जाने कुरा छैन। तर, ओलीको कदम सही ठहरियो भने यसैगरी लाखौँलाख जनता सडकमा अपिल गरेर भए पनि निरंकुशता सच्याउने मेरो निरन्तर प्रयास रहन्छ। केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ भन्ने मलाई ठूलो चिन्ता छु'।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल तथा माधव नेपाल समूह सबैभन्दा आक्रामक देखिन्छ। आन्दोलनमा रहेका उनीहरु सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दालाई लिएर ‘धम्कीपूर्ण’ भाषा प्रयोग गरिरहेका छन्। नेपाली जनताले फेरि युद्ध होस् भन्ने चाहेका छैनन्। सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशहरू युद्ध भएको हेर्न चाहँदैनन्, दाहालले भने, केपी ओलीको स्वेच्छाचारी कदमलाई सदर गरियो भने मैले युद्धमा जान खोजेको त होइन, युद्ध नै हुन्छ भन्न खोजेको त होइन..

उनले युद्ध पनि हुन सक्ने संकेत गर्दै अहिलेलाई शान्तिपूर्ण रुपमै ओलीको कदम सच्याउने बताए।अहिलेलाई शान्तिपूर्ण रुपमा लाखौँ लाख जनता सडकमा उतारेर भए पनि हामी यो कदम सच्याउँछौँ, त्यसमै मेरो निरन्तर प्रयास भइरहनेछु, उनले भने, तर केपीको कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया फेरि बिग्रिन सक्छ, त्यसप्रति न्यायाधीशहरू पनि सचेतता अपनाउनुपर्छ। मलाई लाग्छ न्यायाधीशहरूले त्यो चाहनु भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top