होमपेज / राजनीति
काठमाडाैँ। अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई खेमा आफुनिकट नेता तथा कार्यकर्तालाइ भेट्नमा ब्यस्त छन। विवादकै क्रममा दुवै समूहले एकले अर्कोको आलोचना गर्ने,एकले अर्कोलाइ गल्हत्याउने र एकले अर्कोलाइ आफूनै आधिकारिक भएको दाबी गर्दै आएका छन् । विभिन्न स्थानमा हुने कार्यकर्ता भेला तथा अन्य कार्यक्रमा पनि एक खेमाले अर्को खेमालाइ निकै नै गालिगलौज गर्ने र एकले अर्काको कमजोरी मात्रै देखाउनमा दलका नेताहरु ब्यस्त छन।
यतिबेला नेपालको राजनीति अन्योलपूर्ण र तनाबग्रस्त अवस्थामा पुगेको छ । लगभग दुई तिहाई बहुमतको नेकपाको सरकार आन्तरिक द्वन्दका कारण दलदलमा फसेको छ। विघटित नेकपाका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउनै नदिएपछि संसद् विघटन गर्न सम्म पुगे। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको भनेर दाबी गरेका छन। ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो तरु सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो,’ प्रचण्डले काठमाडौंमा हिजोआयोजित राष्ट्रिय युवा संघको बैठकमा भने।
अहिले एक पक्षले अर्को पक्षलाइ कारबाही सम्म गरेको दाबी गर्दै आएको छ। निर्वाचन आयोग हुँदै अदालतसम्म पुगेको नेकपाको विवाद र विभाजनको औपचारीक घोषण नभएसम्म कारबाही गर्ने क्रम दुबैपक्षबाट भईरहने देखिन्छ।यो घिनलाग्दो राजनितिक चरित्रको अनतय कहिले हुन्छ त्यसको केही अत्तोपत्तो छैन।
दलहरु केबल आफ्नै स्वार्थ पूरा गर्नमा ब्यस्त छन । दलहरुलाइ केबल कुर्सीको मोह मात्र छ। जनताका विषयमा दलहरुलाइ सोच्ने फुर्सद समेत छैन। अब त देश परिवर्तन होला की भनेर जनताले आस गरेको पनि थुप्रै दशक बितिसकेछ। आखिर यी दलहरुलाइ कहिले सम्म पत्याएर बसिरहनु पर्ने हो जनताले ?
दलहरुका झगडामा कतै पनि जनताका एजेण्डा छैनन। केबल आन्तरिक विवाद र कसले कति सम्म खाने भन्ने कुरामा मात्र दलहरु केन्द्रित छन। परिस्थिती एकदमै जटिल बनिरहेको छ चौतर्फी। नेपाल भारत सिमा विवाद बारे तपाई हामी जानकार नै छौं । लिपुलेक, लिम्पियाधुरा, कालापानी बारे अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा भुमी फिर्ताको माग भईरहेको छ । बिरोध तथा दवाव स्वरुप विश्वभर कार्यक्रमहरु भए। तर सरकार भने मौन छ। भर्खरै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण सकेर नेपाल फर्किए। तर लिपुलेक, लिम्पियाधुरा तथा कालापानीबारे कुनै पनि विषयमा छलफल नभएको पाइएको छ। नेपाल र नेपालीलाई वर्षौंवर्षदेखि छिमेकी भारतले यस्तै कन्टेन्टहरु दिइरहेको छ । अनि हामी नेपाली जनता चाहिँ त्यसको प्रतिवाद गर्दै व्यस्त हुनुपर्छ। यसपाली पनि यस्तै भयो । भारतीय टेलिभिजन जी-न्युजले सर्वोच्च शिखर सगरमाथाको नाम परिवर्तन गर्ने अभियान सम्म चलाउने भनेर भन्दा सरकार मौन बस्यो। नेपाली स्वाभिमान माथी भारतले सदियौँ देखी प्रहार गर्दै आएको छ । यतिसम्म कि पुस्तौंपुस्तादेखि यही विषयमा जुधिरहनुपरेको छ । उक्त टेलिभिजनका सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम परिवर्तन गर्ने तयारी थालेको उल्लेख गरेका हुन् । यसको प्रतिवादमा नागरीक स्तर बाट आवाज उठे पनि सरकार भने मौन नै बस्यो। आखीर कहिले सम्म भारतलाइ सहेर बसिरहनु पर्ने हो हामी नेपाली जनतालेर?
दलहरुको झगडाभित्र कतै पनि सिद्धान्तका कुराहरु छैनन। जनताका दुख र पिरका कुराहरु त छँदे छैनन । चिनिमिल बाट ठगिएका गरिब किसानका कुराहरु खैर? मिचिएको सिमानाको कुराहरु खै? सिटामोल नपाएर मर्न बाध्य जनताका कस्टकर जिबनका कुराहरु खै? बेरोजगारीले सताएको युवाहरुको सम्बोधनका कुराहरु खै? देश परिबर्तनका विषयहरु खै? देशलाई प्रचुर समृद्धिमा लैजान सकिन आधारहरुका कुराहरु खै? विकासका ठुला ठुला परियोजनाका कुराहरु खै? भ्रस्टाचारिलाइ कारबाहीका कुराहरु खै? बेचिएका चेलीबेटीका उद्दारका कुराहरु खै? स्वाभिमानका कुराहरु खै? दैनिक रुपमा परदेश बाट बाकसमा फर्किने ३्\४ थान राता बाकसका कुराहरु खै?
प्रचण्डले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको भनेर बताए। दैेनिक जसोको कार्यकर्ता भेलामा वा विभिन्न कार्यक्रममा ओली र प्रचण्ड एक आपसमा एक अर्कालाइ सिध्याउने भनेर होडबाजी गर्दै भाषण गर्छन। अब पनि दलहरु एकआपसमा लडाइँ र झगडामा नै रुमल्लिने हो भने देश ठूलो दुर्घटनामा जाने निश्चित छ। अब हामी युवा पनि सचेत हुन जरुरी छ । ए ! युवा हो अब दलको झण्डा त्यागेर देशको झण्डा बोक्ने कि?