ट्रेण्डिङ

होमपेज / राजनीति

माघ १४ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने : प्रधानमन्त्री ओली

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १९:३६:४५ मा प्रकाशित

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आगाउँदाे बुधबार अर्थात् माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गर्ने बताउनुभएको हो । खोप कार्यक्रमका लागि समूह तयार पारिसकेको उहाँले बताउनुभयो । 

कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको टर्निङ प्वाइन्टमा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले पहिलो चरणमा अग्रभागमा रहेर कोरोनाविरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताउनुभयो । साथै पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गर्नुभएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top