होमपेज / राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् ।
उनले ओलीलाइ प्रतिनिधि सभा विघटन गरेर ‘कू’ गरेको बताएका छन्। काठमाडौँमा नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन गरेको, आफ्नै संसदीय दललाई अवमूल्यन गरेको,देश र जनतामाथि घात गरेको र संविधानलाई पनि मिचेको आरोप लगाए । नेपालले भने ‘उहाँले कू गर्नुभयो,’ ‘उहाँ कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नभएकोले स्पष्टिकरण सोधिएको छ। उहाँले जवाफ दिनुभएको छैन।’ओलीलाई अरिंगाल र साइबर सेना मन पर्ने पनि उनले बताएका छन्।ओलीलाई सुधार्न आफूले कोशिस गरेको पनि नेपालको भनाइ थियो।
केपी ओलीले पार्टीको विधानभन्दा माथि आफूलाई ठानेर काम गर्दा उनलाई खबरदारी गर्न सडकमा आउनु पर्ने बताए ।