ट्रेण्डिङ

होमपेज / राजनीति

महान्यायाधिवक्ता अग्ली खरेलद्धारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र इजलासमा पेश

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १४:४५:०७ मा प्रकाशित

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गर्नुभएको छ । आजको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गर्नुभएको हो । हिजोको वहसमा अधिबक्ता टीका भट्टराईले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएपछि न्यायधिश अनिलकुमार सिन्हाले महान्यायधिबक्ताको कार्यालयसँग राजपत्रमा प्रकाशित सुचना माग्नु भएको थियो ।

संबैधानिक इजलासमा भइरहेको वहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघठन गरेको विषय बैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top