होमपेज / राजनीति
काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको पर्यटन बोर्ड अगाडी सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाका युवाहरु प्रदर्शनमा उत्रिएका छन ।
प्रचण्ड- नेपाल पक्षले जुलुसमा कम्तिमा एक लाख मानिस हुने दाबी समेत गरेको छ। विभिन्न जिल्लाबाट कार्यकर्ताहरू काठमाडौं आइसकेका छन्।स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत भएको छ ।
यतिबेला आम मानिसलाइ आवतजावतमा समेत समस्या भएको छ । काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्याली निकालिएको छ । र्यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।