ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसले आज  संसद विघटनको विरोधमा वडास्तरमा प्रदर्शन गर्दै

नेपालगाथा २०७७ माघ ८ गते बिहीबार ०८:३७:५० मा प्रकाशित

काठमाडौँ ।  नेपाली कांग्रेसले आज  संसद विघटनको विरोधमा वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिएका छन्।

‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top