ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा आज पनि बहस हुँदै, आज फैसला होला त?

नेपालगाथा २०७७ माघ ८ गते बिहीबार ०८:३०:५७ मा प्रकाशित

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको थियो। आज पाँचौा दिनको बहस हुँदैछ। विघटनको एक महिनापछि संवैधानिक इजलासमा बहस थालिएको हो। 

एक साताभन्दा लामो समय प्राविधिक विषयमा नै खर्च भएको थियो। इजलासमा बस्ने न्यायाधीशको सवाल तथा क्षेत्राधिकारको विषयमा प्रश्न उठेपछि एक साताभन्दा लामो समय प्राविधिक विषयमा खर्च भएको हो। विघटनको मुद्दामा बहसका लागि करिब तीन सय कानुन व्यवसायीको वकालतनामा परेको छ। प्रधानन्यायाधीश जबरासहित संवैधानिक इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

यही पुष ५ गते मन्त्रिपरिषद बैठककको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top