होमपेज / राजनीति
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवारदेखि निरन्तर जारी सुनुवाइमा निवेदकका तर्फबाट बहस गर्ने वकिलहरूसँग बारम्बार एउटै खालको प्रश्न गर्ने गरेका छन्, त्यो हो – धारा ७६ को उपधारा १ बमोजिमको प्रधानमन्त्रीले सरकार चलाउँदिन भन्यो भने त्यसको विकल्प के हो ?
उनको प्रश्नको आशय चाहिँ धारा ७६ को उपधारा ५ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार हुन्छ भने बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई त्यो सुविधा किन छैन भन्ने हो। । १० पुसदेखि नै राणा यही आशयको प्रश्न सोधिरहेका छन् । संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकारले संसद विघटन किन गर्न नपाउने ? अधिवक्ता आचार्यले २०४७ सालको संविधानमा झैं प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार अहिलेको संविधानमा नभएको तर्क गरे । संविधानमा अन्य विकल्प हुँदाहुँदै त्यसको प्रयोग नगरी सोझै उपधारा ७ मा जान नमिल्ने उनको तर्क थियो ।बहस गरिरहेका आचार्यलाई प्रधानन्यायाधीश जबराले ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न किन नपाउने ?’ भनी दोहोर्याएर सोधे । जवाफमा आचार्यले नमिल्ने बताए ।
अहिलेको प्रावधानअनुसार बहुमत प्राप्त प्रधानमन्त्रीले पहिले अविश्वासको प्रस्ताव आएर त्यसमा फेल भएपछि नयाँ सरकार पनि बन्न नसेकमा बल्ल विघटन गर्न पाउने व्यवस्था छ। तर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेको छ। यतिबेला अदालतमै पनि एकआपसमा विवाद कायमै छ। अदालतले यो विषयलाइ गम्भिर रुपमा लिएर चाँडै फैसला गर्न तर्फ ध्यान दिन जरुरी छ।