ट्रेण्डिङ

होमपेज / राजनीति

गगन थापाले केपी ओलीलाइ किन कीर्तेप्रसाद ओली भने ?

नेपालगाथा २०७७ माघ ४ गते आइतबार ०९:३७:५८ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली अब कीर्तेप्रसाद ओली भएको बताएका छन। नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्ते काम गरेकोमा आफूलाई दुस्ख लागेको बताएका छन्। प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको विरोध सभामा नेता थापाले यस्तो बताएका हुन्। 

थापाले भने ‘केपी ओली अब किर्ते प्रसाद ओली हो,’ ‘सुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको पत्र नै नक्कली तयार गरेको भन्दै नेता थापाले ओलीले कीर्ते काम गरेको आरोप लगाएका हुन्। शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै रमण श्रेष्ठले सार्वजनिक गरेको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख थियो। उक्त पत्रमा मुख्यसचिव शंकरदास बैरागीले हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top