ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभा विघटन विरुद्ध परेका मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुँदै

नेपालगाथा २०७७ माघ ४ गते आइतबार ०९:००:०३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध परेका मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ  हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा , न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने फैसला गरेपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ।संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर पुस २२, २९ र माघ १ गते बहस भएकोमा संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको थियो ।

प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाएर विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले  निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top