ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै:अदालतले कसरी र कहिलेसम्म किनारा लगाउला ?

बासु देब न्याैपाने २०७७ माघ २ गते शुक्रबार ०८:०७:४४ मा प्रकाशित

काठमाडौँ।  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो  विवादको सुनुवाइ  बृहत् पूर्ण इजलासमा  हुने टुङ्गो लागेको  थियाे। 

न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए। कार्कीको ठाउँमा सपना प्रधान मल्ललाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा राखेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो।

प्रनिनिधिसभा विघटनसम्बन्धी परेको रिट सर्वोच्च अदालतले कसरी र कहिलेसम्म किनारा लगाउला भन्ने कुरामा धेरैकाे चासाे छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top