होमपेज / राजनीति
काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्।
बैठकमा नेपालले सीमा विवाद, कोरोनाविरुद्धको खोप, नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ ।