ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगका सह–सचिव लक्ष्मी प्रसाद गौतमलाई किन सरुवा गरियाे?

नेपालगाथा २०७७ माघ १ गते बिहीबार १०:०५:४२ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगका सह–सचिव लक्ष्मी प्रसाद गौतमलाई सरुवा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरकारले सरूवा गरेको हो। 

विभाजित नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् ।उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’गौतम आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख थिए । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा को वैधानिकता विवाद हेरिरहेका उनले १७ पुस र २३ पुसमा ओली र प्रचण्ड–माधव समूहलाई सात दिने म्यादसहितको पत्र काटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top