ट्रेण्डिङ

होमपेज / राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै: चिसिएको नेपाल–भारत सम्बन्धमा सुधार आउला त?

बासु देब न्याैपाने २०७७ माघ १ गते बिहीबार ०८:५७:४० मा प्रकाशित

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमण जाँदैछन् । मन्त्री ज्ञवाली नेपाल- भारत संयुक्त आयोगको बैठकमा भाग लिन तीन दिने भारत भ्रमणमा जान लागेका हुन् । 

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा नेपाल-भारतबीचको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। बैठकमा कोरोनाविरुद्धको खोप, नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा पनि छलफल  हुने बताइएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू-भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमण सफल हुने अपेक्षा पनि गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ । भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top