होमपेज / राजनीति
काठमाडौँ। निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले जवाफ पठाएको छ ।
गत पुस २३ गते निर्वाचन आयोगले दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्तालेजानकारी दिएका छन। ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए ।आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।