ट्रेण्डिङ

होमपेज / राजनीति

बनाइयो संवैधानिक इजलास: हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

नेपालगाथा २०७७ पौष २९ गते बुधबार १०:३८:०५ मा प्रकाशित

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न  बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर  संवैधानिक इजलास गठन गरेका हुन्।

न्यायाधीश हरिकृण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेको भन्दै उनले इजलासमा बस्दा स्वार्थ मिल्ने भन्दै उनीमाथि प्रश्न उठाइएको थियो ।प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू  विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ। अब केहीबेरमा संवैधानिक इजलासमा  मुद्दाको सुनुवाइ हुँदैछ। यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top