होमपेज / राजनीति
काठमाडाैँ। सूर्य चुनाव चिन्ह आफूहरूले पाउने भनेर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रचण्डले आफूहरुसँग ७० प्रतिशत रहेकाले पार्टीको नाम र सूर्य चिन्ह आफ्नै पक्षमा हुनेभनेर ठोकुवा गरेका छन ।
यदी सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा ठूलो आँधीवेहरी आउने चेतावनीसमेत प्रचण्डले दिएका छन्। उनले भने, ‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’ प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम आफूहरूले पाउनेमा शतप्रतिशत ढुक्क रहेको पनि बताएका छन् । उनले ओलीलाइ मानिसहरुलाई धम्काउने र प्रतिगमनमा रमाउने मानिस भएको भनेर आरोप लगाएका छन । प्रचण्डले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले ?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्।
प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाए कस्तो आँधीवेहरी आउला त्यो त समयले पछी नै बताउला।