ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश–१ मा नेकपा विवाद:माघ ७ गतेबस्ने प्रदेशसभा बैठक सफल होला त ?

बासु देब न्याैपाने २०७७ पौष २८ गते मंगलबार १३:४३:५६ मा प्रकाशित

काठमाडौँ ।  प्रदेश नं १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले माघ ७ गते अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको हो। तर, नेकपामा देखिएको विवादका कारण सदन चल्नेभन्दा पनि झडपको डर  देखिएको छ । प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

नेकपाको दाहाल–नेपाल र ओली समूहका तर्फबाट एकले अर्कोलाई कार्बाही गरिएको घोषणा भइरहेको छ ।यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड(माधव नेपाल समूहका सांसदहरूले  प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ जनालाई निलम्बन गरेको छ । भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई कार्बाही गरेको घोषणा गरेको छ । निलम्बन गरिएकाहरुलाई प्रदेशसभा बैठकमा प्रवेश गर्नै नदिने रणनीति अख्यितार गर्नेतर्फ नेकपाका समूह सक्रिय हुँदा प्रदेशसभा बैठकमा ‘लफडा’ हुन सक्ने खतरा बढेको हो । यही विवादका बीचमा माघ ७ गते बस्ने  प्रदेशसभाको  सातौं तथा हिउँदे अधिवेशनमा झडपको खतरा देखिन्छ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top