ट्रेण्डिङ

होमपेज / राजनीति

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपालगाथा २०७७ पौष २७ गते सोमबार १२:१९:०२ मा प्रकाशित

काठमाडौं । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर  पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। 

उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top