होमपेज / राजनीति
काठमाडौं । ताजा जनादेशमा गएर आफूलाई जनताबाट नै दण्डित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौति दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गफ फिट्ने दिन गएको बताएका छन्।
आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गफ फिट्ने दिन गए। गफ फिटेर हुन्न, चुनावी मैदानमा अब आउनुस्।’राष्ट्रियसभाको हिउँदे अधिवेशनको बैठकमा बोल्दै प्रम ओलीले आफ्नो विरोध गर्नेहरुलाई यस्तो जवाफ दिएका हुन्। गत पुस पाँच गते प्रतिनिधिसभाको विघटन गरेसँगै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ।
त्यसैगरी प्रधानमन्त्री ओलीले कालापानीदेखी लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्रै नभएर व्यवहारमै कायम गरेर छाड्ने बताए । अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ,उनले भने, नेपाली भूमि फिर्ता भएरै छाड्छ । ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण पनि गराए ।