होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म कहिल्यै भएको विकास निर्माणको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा अभूतपूर्व काम भएको दाबी गरेका हुन्। दोधारा–चाँदनीमा पानी दिने, शारदा बाँध र पञ्चेश्वर सम्झौताबारे हालै भारतमा भएको सहमति देशका लागि ऐतिहासिक भएको दाबी गरे।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको रानीपोखरी यसपाली आफ्नै नेतृत्वको सरकारले निर्माण पूरा गरेको उनको भनाइ छ। उनले कालापानी लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा कागजमा मात्रै होइन व्यवहारमा नेपालकै बनाउने पनि दाबी गरे। ‘नक्सा छापेछि कतिलाई छटपटी भयो। हाम्रो निशान छाप बन्यो संविधानको अंग बनाइयो’ उनले भने।