ट्रेण्डिङ

होमपेज / राजनीति

भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहन्छु : प्रधानमन्त्रत्री ओली

नेपालगाथा २०७७ पौष २६ गते आइतबार १४:०९:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका छन् । राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका हुन्। ‘सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो’ उनले भने।

‘हाम्रो न्यायोचित भनाइ पूरा गराउने प्रयास गर्नुपर्छ त्यसकारण छलफल गर्नुपर्छ,’ उनले भने, ‘भू(भाग हडपिएको थाहा छ अनि बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने। सीमा समस्या छ भने हाम्रा अडान राख्नुपर्छ। न्यायोचित तर्क हामीले प्रस्तुत गर्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top