होमपेज / राजनीति
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउने र अलमल्याउने काम गर्न खोजेको भनेर आरोप लगाएका छन्। संसद विघटनबारे चार जना पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गरेका थिए । संयुक्त वक्तव्य जारी गरेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई पूर्व प्रधानन्यायाधीशले धम्की दिएको अर्थ लगाए ।
प्रधानमन्त्रीले आफूसम्वद्ध युवा संघ नेपालका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा अदालतको विचाराधीन विषयमा बाहिरैबाट फैसला नगर्न पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाइ चेतावनी दिए। प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा अदालतमाथि कसैले पनि कुनै प्रकारको धम्की दिन नसक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले हण्डीबाट चलेका बिकाउ व्यक्तिले दिने अभिव्यक्तिले खासै अर्थ नराख्ने र त्यस्तो प्रवृत्तिको सबैले विरोध गर्नुपर्ने बताए ।
‘कुन संविधानले के भन्यो रु हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनस्र्थापना गर्दैन,’ उनले भने ।प्रधानमन्त्री ओलीले अब प्रतिनिधिसभा पुनस्र्थापना नहुने बताए । उनले १७ र २७ वैशाखमा निर्वाचन हुने बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि परेको मुद्दा सर्वोच्च अदालतको सवैधानिक इजलासमा विचाराधीन भएर बसेको छ ।