होमपेज / राजनीति
काठमाडौँ। आज पनि संवैधानिक परिषद सम्बन्धी सुनुवाइ हुन सकेन ।सुनुवाई कम्तीमा एक सातालाई सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन नगरेपछि सुनुवाई सरेको हो।
सर्वोच्च अदालतले आज कुनै पेसी नै नतोकिएको जनाएको छ ।आगामी बुधवार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई हुने भएकाले संवैधानिक परिषद अध्यादेश र संवैधानिक परिषदको निर्णयविरुद्ध परेका रिटको सुनुवाइ नहुने भएको हो ।