होमपेज / राजनीति
काठमाडाैँ। प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा धनगढीमा टायर बालेर विरोध गरेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन्।
प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन्।