होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी जनप्रर्दशन सहितको थप कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडकमा आउन लागेको हो।