होमपेज / राजनीति
काठमाडौं। राष्ट्रिय सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । गएको शुक्रबार (१७ पुस) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु भएको हो । शुक्रबार बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।
त्यस्तै बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने नियमित कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिएका छन् । फुयाँलका अनुसार थप कार्यसूची विहान साढे ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकले तय गर्ने छ ।
आज पनि विशेष समयमा राष्ट्रियसभा सदस्यले आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ । बैठकको पहिलो दिन बोल्ने सांसदहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको तीव्र विरोध गरेका थिए ।